Select Page

प्रतिष्ठानको सहकार्यमा ललितपुर महानगरपालिकाद्धारा निःशुल्क एम्वुलेन्स सेवा सञ्चालन।

ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा २०८३ भाद्र १ गतेवाट निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक सेवा आवश्यक भएका बिरामीहरुलाई प्रारम्भिक उपचार उपलब्ध गराउदै सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउने उद्धेश्यले सेवा सञ्चालनमा ल्याईएको हो । स्वास्थ्य तथा खाद्य स्वच्च्छता मन्त्री तथा प्रतिष्ठानका सहकुलपति माननीय निशा मेहताज्यूले सेवाको शुभारम्भ गर्दै “गोल्डेन आवर”मा उपचार उपलब्ध गराउन यस्तो सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । ललितपुर महानगरपालिका भित्र बसोवास गर्ने नागरिकहरुले ११३१ मा फोन सम्पर्क गरेपछि चिकित्सक सहितको एम्वुलेन्स सेवा उपलब्ध हुनेछ र विरामीले चाहेको सुविधा सम्पन्न अस्पताल सम्म पुर्याउने ब्यवस्था हुनेछ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको मकाती सहरमा यस्तो सेवा देखिपछि महानगरपालिकाको नवौं नगर सभावाट प्रस्ताव पारित गरी सेवा सञ्चालनमा ल्याएको बताउनु भयो । यो सुविधा प्रदान गर्न प्रतिष्ठानले मौजुदा जनशक्तिवाट चिकित्सक उपलब्ध गराउने र सम्पूर्ण सेवा सुविधा सम्वन्धी खर्च महानगरपालिकाले ब्यहोर्ने गरी समझादारी भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. नवीशमान सिंह प्रधानले यस किसिमको सेवा नेपालमानै नयाँ अवधारणा भएको र विरामीलाई अस्पताल सम्म पुर्याउनु अघिको उपचार प्रणाली प्रभावकारी हुने धारणा ब्यक्त गर्नु भयो ।

Related Posts

BLS Training in PAHS led by Nursing department

Basic Life Support (BLS) is critical, immediate care for life-threatening emergencies, such as cardiac arrest or choking, crucial for keeping patients alive until professional help arrives. To transform PAHS into a premier "Heart-Safe" institution, nursing...

ONE DAY CNME WORKSHOP ON COMMUNICATION & COUNSELLING

20th February, 2026 Conference Hall, Nick Simon Block Organised by: Nursing department Time: 8:00am to 4:00pm PAHS, Patan Hospital Resource persons: Co-ordinator: Nursing Director, Ms. Shanta Dangol Shrestha Speaker: Nursing Supervisor, Ms. Merina Khadka Chhetri...

18th Annual PAHS day

06 Feb 2026 (23 Magh 2082). The Eighteenth PAHS Day was celebrated as an annual event amidst a formal program under the chairpersonship of Vice-Chancellor Prof. Dr. Buddhi Prasad Paudyal. The program was graced by the Honorable Minister for Health and Population,...